दार्चुला । दार्चुलाको पस्ती चेकपोष्टबाट ८५ बण्डल भारतीय बिडी बरामद गरिएको छ ।
सोमवार (हिजो) दार्चुलाबाट गोकुलेश्वरतर्फ आइरहेको से १ ज २६८ नम्बरको जीपमा संका लागेर चेकजाँच गर्दा ८५ बण्डल भारतीय (घोडा बिडी) बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
प्रहरीले बरमद गरिुएको बिडी भन्सार कार्यालय दार्चुलालाई बुझाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । पछिल्लो समय दार्चुलामा अबैद् रुपमा बिडी ओसारपोसारका छटनाहरु भइरहेका छन् ।





प्रतिक्रिया