व्याँस-४ को चौसिला पहिरो रोक्न बृक्षारोपण, मडगाउँ विस्तापित, भुलचौरा बस्ती जोखिममा

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ मा रहेको चौसिला पहिरोको रोकथामको लागि बृक्षारोपण गरिएको छ ।

वडा नम्बर ४ को मडगाउँ र भुलचौरा क्षेत्रमा विगत ४०-५० बर्ष देखि जान सुरु गरेको चौसिला पहिरो रोकथामको लागि बृक्षारोपण गरिएको गाउँपालिका उपाध्यक्ष विनोद कुवरले जानकारी दिनुभयो । उक्त पहिरोबाट वडा नम्बर ४ को मडगाउँ बस्तीका ६० घरपरिवार पुर्ण रुपमा विस्तापित भईसकेको उहाँले बताउनुभयो ।

अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकोले भुलचौरा बस्तीका १५-२० परिवार विस्तावितर हुने अवस्थामा पुगेको उपाध्यक्ष कुवरले जानकारी दिनुभयो । भुलचौरा बस्तीका पहिरोको जोखिममा रहेका स्थानीयहरुलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पहिरो रोकथामको लागि उक्त क्षेत्रमा विहिबार ३ हजार बढी विरुवा रोपेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय दार्चुला र भु-तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले निःशुल्क रुपमा बोट उपलब्ध गराएपछि गाउँपालिका उपाध्यक्ष विनोद कुवरसहित जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र सम्पाल मावि सुन्सेराका शिक्षक तथा विद्यार्थीहरुको सहभागितामा बृक्षारोपण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?