सुदूरपश्चिममा छाउपडी प्रथाजन्य कुरीति विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय

दार्चुला । सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्धको आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको समितिको बैठकले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए।

छाउपडी गोठमा बसेको अवस्थामा गत साता सर्पले डसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो। सो घटना समेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै बसेको समितिको बैठकले छाउगोठ प्रथा उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवम् छुवाछुतयुक्त व्यवहारको नियमन कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश, जिल्लास्तरीय र स्थानीय तह स्तरीय समितिहरूको नियमित बैठक गर्ने र आफ्नो क्षेत्रमा नियमित अनुगमन गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?