दार्चुलामा एक बर्षमा २४ सवारी दुर्घटना, १३ जनाको मृत्यु, ४२ जना घाइते

दार्चुला । दार्चुलामा गत आर्थिक बर्षमा २४ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

गत आर्थिक बर्ष २०८१÷०८२ मा जिल्लाभरि २४ वटा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरिक्षक हेमबहादुर कठायतले जानकारी दिनुभयो । त्यस्तै सोही अवधिमा भएका दुर्घटनामा परि ४२ जना घाइते भएको उहाँले बताउनुभयो ।

एक बर्षको अवधिमा दार्चुलामा सबैभन्दा बढी जीप÷कार दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्षमा १० वटा जीप÷कार दुर्घटना भएका छन् । जसमा ८ जनाको मृत्यु भएको छ, भने ३० जना घाइते भएका छन् ।

सोही अवधिमा जिल्लाभरी ५ वटा मोटर साईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ट्रक र टिप्पर एक÷एक दुर्घटना भएकोमा दुबै दुर्घटनामा एक÷एक जनाको मृत्यु भएको प्रहरी सहायक निरिक्षक कठायतले बताउनुभयो ।

त्यस्तै जिल्लाभरि ४ वटा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु र अन्य ३ वटा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको तथ्याङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी जवान जयसिंह ठगुन्नाले बताउनुभयो । जिल्लामा सडकको अवस्था खराव हनु, ओभरस्पिड, मापसे लगायतका विभिन्न कारणले सवारी दुर्घटना हुने गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?