दार्चुलामा ४३औं बीपी स्मृति दिवस मनाइयोः बीपीको विचार र कांग्रेसमा सुधार विषयक गोष्ठी

दार्चुला । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ४३औं बीपी स्मृति दिवस दार्चुलामा पनि मनाइएको छ। नेपाली कांग्रेस दार्चुलाको आयोजनामा मंगलबार (आज) जिल्ला सदरमुकाम खलंगास्थित बीपी स्मृति भवनमा बीपीको विचार र कांग्रेसमा सुधार विषयक गोष्ठीसहित कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो।

गोष्ठीमा देशको राजनीति बीपी कोइरालाका विचार र सिद्धान्तअनुसार अघि बढ्न नसक्दा राजनीतिक अस्थिरता र अन्योल उत्पन्न भएको साथै आर्थिक समृद्धि हासिल गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको सभापति बोहराले बताउनुभयो। कार्यक्रममा सहभागी वक्ताहरुले लोकतन्त्रको संरक्षण र संवैधानिक अधिकारलाई जनताको पहुँचसम्म पुर्‍याउन जोड दिएका छन् । लोकतन्त्रलाई संस्थागत गर्दै समानता, समता र समावेशी समाज निर्माणमा कांग्रेसले नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

नेविसंघ दार्चुलाका उपाध्यक्ष दीपक खातीका अनुसार, स्थानीय स्रोत साधनको उपयोग गर्दै परिवेश अनुकूल रोजगारी सिर्जना गर्न सकेमा देशको आर्थिक अवस्था सुधार गर्न सकिने निष्कर्ष समेत गोष्ठीबाट निकालिएको छ। सभापति ललित सिंह बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तथा जिल्लास्तरीय नेता, कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नु भएका बीपी कोइरालाको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो। वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइराला वि.सं. २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। राजनीतिसँगै नेपाली साहित्यमा पनि उहाँले उल्लेखनीय योगदान दिनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?