दार्चुला । दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८१÷८२ मा दर्ता भएका घट्ना मध्ये सबैभन्दा धेरै आत्महत्याका घट्ना दर्ता भएका छन् ।
गएको आर्थिक बर्षमा विभिन्न उमेर समुहका २१ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
दार्चुलामा सबैभन्दा बढी १९ जनाले झुन्डीएर आत्महत्या गरेका छन् । त्यस्तै गोली हानेर १ जनाले र १ जनाले नदीमा हाम फालेर आत्महत्या गरेको उहाँले बताउनुभयो ।
जिल्लामा आत्महत्या न्युनिकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि आत्महत्या गर्नेको संख्यामा भने कमी आएको छैन । स्थानीय तह देखी प्रहरी र विभिन्न संघ सस्थाहरुले आत्महत्या कम गर्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नभएको तथ्याङ्कले देखाएको छ।
आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना नेपालजस्तै विकासोन्मुख देशहरुमा हुने गरेकोे तथ्याङ्क छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने अध्यनले देखाएको छ ।





प्रतिक्रिया