दार्चुला । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफ माग गर्नुभएको छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन् खतरा बढिरहेको बताउनुभयो ।
खनालले सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को समस्या ल्याउने भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसबारे सबै सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । कोशी उच्च बाँध बाँधिने कुरा आइरहेको भन्दै नेता खनालले यसबारे पनि सरकारले नागरिकलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।





प्रतिक्रिया