दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । सोमबार अपिहिमाल गाउँपालिका र सामाजिक सुरक्षा काेष बीच सामाजिक सुरक्षा कोषमा आवद्ध हुने गरि ओैपचारिक सम्झौता भएकाे गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।
अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा काेषमा आबद्ध भएसंगै गाउँपालिकामा कार्यरत करिब १५० जना भन्दा वढी करारमा कार्यरत कर्मचारी, स्वयंसेवक, शिक्षक-कर्मचारीहरुकाे निबृत्तिभरण, बिमा, उपचार खर्च लगायतको सुविधा पाउने उहाँले बताउनुभयो । करारमा कार्यरत कर्मचारीहरु तथा शिक्षकहरुकाे लागि याे उल्लेखनीय कदम हुने उहाँको भनाइ छ ।
अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा काेषमा आबद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका रहेको अध्यक्ष बोहराले बताउनुभयो ।





प्रतिक्रिया