दार्चुलाको लेकम-४ दमसैनाका शंकर गिरीको घर भत्किएर क्षतिग्रस्त, धनमाल क्षति

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-४ दमसैनाका शंकर गिरीको घर भत्किएको छ । मंगलबार (आज) दिउँसो १ बजेको समयमा घरको देवालसहित छत (पाखो) भत्किएपछि घरभित्रको खाद्यान्न, लुगाकपडा, भाडाकुडा लगायत घरभित्रको सामग्री च्यापिएको घरधनी गिरीले बताउनुभयो ।

गत वर्ष २०८० को चैत महिनामा दमसैना सडकबाट दुर्घटना भएको एउटा जीप घर माथि परेर देवाल कमजोर भएका थिए । साथै घरमाथिबाट सडकको ढल समेत घरभित्र पसेपछि पुरै घर भत्किएको उहाँको भनाइ छ । देवाल भत्किने अवस्थामा रहेकोले विगतदेखी घर मर्मतका लागि वडा, पालिकासहित सरोकारवालाहरूलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको र अहिले विपत्तिको सामना गर्नुपरेको गिरीले बताउनुभयो ।

दिउँसोको समयमा भत्केकोले मानवीय र पशुधन क्षति हुनबाट जोगिएको छ उहाँले भन्नुभयो, मानवीय क्षति नभएपनि घर पुरै नष्ट भएको र घरभित्रको सामग्री समेत च्यापिएर क्षति भएको छ ।

आफुले बस्दै आएको घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि अहिले पल्लो घरमा बाँस बसिरहेको र क्षतिग्रस्त घरको कारण थप दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । आवश्यक राहतका लागि लेकम गाउँपालिकालाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?