नाउपाकाे राष्ट्रिय भेला : अध्यक्ष रञ्जिता श्रेष्ठलाई गरेको कारबाही अनुमोदन गर्ने

दार्चुला । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाण्डौमा चलिरहेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुस प्रकरणमा जोडिएपछि पार्टीले राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा रञ्जिता भने उपस्थित हुनुहुन्न । भेलामा अध्यक्ष रञ्जिता श्रेष्ठलाई अनुशासन समितिले गरेको कारबाहीलाई अनुमोदन गर्ने, पदीय जिम्मेवारी तोक्ने लगायत एजेन्डा रहेका छन् ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि अध्यक्ष पदबाट हटाइएको जानकारी पार्टीले निर्वाचन आयोगलाई दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र लामो समयदेखि पदीय विवाद रहेको छ । २०८० सालको पुस मसान्तमा पार्टीले पहिलो महाधिवेशन गर्दै रेशम चौधरीलाई अध्यक्ष बनाएको थियो । तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?