माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

दार्चुला । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

बैठकमा माओवादीको आन्तरिक एकता, आउँदो केन्द्रीय समितिको मिति तय, वामपन्थी एकताका लागि प्रस्ताव अगाडि बढाउनेलगायतका एजेन्डामा छलफल हुनेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेन्डा पेश गर्नुभएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच विवाद बढ्दै गएकाले असन्तुष्ट पक्षले उठाउँदै आएका विषयमा पनि बैठकमा गम्भीर छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?