दार्चुला। नेकपा एसनिकटको पेशागत महासंघका नेताहरू एमालेमा फर्किएका छन् ।
महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका नेता मूलघर फर्किएका हुन् । एमालेमा फर्किएकाहरूमा पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरू जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत छन् ।
च्यासलमा महासचिव शंकर पोखरेल, बागमती इञ्चार्ज डा. राजन भट्टराई, प्रमुख सचेतक महेश बर्तौलासहितका नेताहरूले उहाँहरुलाई स्वागत गर्नुभएको थियो।





प्रतिक्रिया