सशस्त्र प्रहरी बल नंं.४४ गण हे.क्वा. दार्चुलाको स्थापना दिवसको पूर्वसन्ध्यामा वृक्षारोपण

दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको पाँचौँ स्थापना दिवसको पूर्वसन्ध्यामा वृक्षारोपण गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ४४ गणका गणपती तथा एसपी देबराज जोशीको अग्रसरतामा दार्चुला सदरमुकाम खलंगा नजिकैको नमस्कार देखी साकार सम्म सडक किनारा र मन्दिर परिषरमा वृक्षारोपण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरीका एसपी देवराज जोशी, सकल दर्जा, जिल्ला प्रहरी प्रमुख प्रकाश दाहाल, प्रमुख अनुसन्धान अधिकृत, डिभिजन बन दार्चुलाका रेन्जरसहित समुदायका अगुवाहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो । सडक क्षेत्रको उपयुक्त स्थानमा संरक्षणको व्यवस्थासहित बहुउपयोगी बिरुवाहरु पिपल, बर, स्बामी, बेल, अशोका सहित ३३ बिरुवा नमस्कार देखि साकार सम्म सडक किनारा र मन्दिर परिषरमा रोपण गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । महाकाली लोकमार्ग, कोरिडोरसहित ग्रामीण सडकको किनाराहरुमा बर, पिपल, स्बामी लगायत बहुउपयोगी विरुवाहरु रोपण गर्नका लागि उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

साउन महिनामा वर्षा हुने भएकोले यो समय वृक्षारोपणका लागि अनुकुल हुन्छ । मानिसको प्राणरक्षा गर्ने अक्सिजनका साथै अत्यावश्यक धेरै कुरा बन तथा रुखबाट प्राप्त हुने भएकोले वृक्षारोपण गरी सबै क्षेत्रमा हरियाली प्रवद्र्धन गर्नु आवश्यक छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको पाँचौँ स्थापना दिवस साउन १९ गते भएपनि दिवसको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगित, वृक्षारोपण लगायत विभिन्न गतिविधि भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?