महाकालीमा डुबेर दुई बालिका बेपत्ता

दार्चुला । महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता हुनुभएको छ। आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–११, ऐरीका दुई बालिका बेपत्ता हुनुभएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, भीमदत्त नगरपालिका–११का अन्दाजी ७ वर्षीया जीविता पन्त र आठ वर्षीया पानवी पन्त बेपत्ता हुनुभएको हो। शुक्रबार दिउँसो दाइसँगै नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो।

भीमदत्त नगरपालिका ११ र १२ को सिमानाबाट नुहाउने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजी भइरहेको प्रनाउ बोहराले बताउनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत स्थानीयले बेपत्ता बालिकाको खोजी गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?