दार्चुलाको अपिहिमालमा अवस्थित भभया चुलीमा ‘माउन्टेन गाइड’ तालिम सञ्चालन हुने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा अवस्थित ६ हजार ३ सय ९५ मिटर उचाइको ल्हायुल (भभया चुली) हिमालमा पहिलो पटक ‘माउन्टेन गाइड’ तालिम सञ्चालन हुने भएको छ।

अपिहिमाल गाउँपालिका र नेपाल पर्वतारोहण संघ नेपालको सहकार्यमा ‘समर स्किल फर प्रोफेशनल माउन्टेन गाइड कोर्स–२०२५’ सञ्चालन हुने भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्गतको ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’, नेपाल पर्वतारोहण संघ र अपिहिमाल गाउँपालिका बिच भएको ऐतिहासिक सम्झौताअनुसार यो तालिम सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।

यो तालिम नयाँ पाठ्यक्रमअनुसारको ‘बेसिक माउन्टेनियरिङ’ को समकक्ष मानिन्छ र यसले उच्च हिमाली क्षेत्रका स्थानीय युवालाई पेशागत पर्वतारोहण मार्गदर्शनमा दक्ष बनाउने विश्वास लिइएको छ।

तालिमसँगै अपिहिमाल क्षेत्रका साथै सुदूरपश्चिमका हिमाल आरोहणका ढोका औपचारिक रूपमा खुल्ने गाउँपालिका अध्यक्ष बोहराले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले यसअघि सुदूरपश्चिमका सम्पूर्ण हिमालमा लाग्ने रोयल्टी शुल्क हटाइसकेकाले यो निर्णयले उच्च हिमाली बस्तीमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्न र रोजगारीका नयाँ अवसर सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। नेपाल पर्वतारोहण संघका अनुसार तालिम १४ अगस्टदेखि १६ सेप्टेम्बरसम्म काठमाडौं र अपिहिमाल क्षेत्रमा सञ्चालन हुनेछ, जसमा अधिकतम २८ जनाले भाग लिन पाउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?