मार्मामा अपि पावरको विद्युत पाइपबाट पानी लिक हुँदा जोखिम, सफाइ गरिएको कम्पनीको भनाइ!

दार्चुला । दार्चुलाको मार्मा क्षेत्रमा अपि पावर कम्पनीले निर्माण गरेको विद्युत पाइपलाइनबाट पानी लिक हुँदा बस्ती, सडक र खेत जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् ।

मार्मा क्षेत्रको पड्पडा-पारिबगर नजिकै अपि पावर कम्पनीको पाइपलाइनबाट शनिबारदेखी लगातार पानी लिक भैरहेको स्थानीय गगन धामीले बताउनुभयो । धामीले पाइपबाट ठूलो मात्रामा पानी लिक भइरहेको छोटो भिडियो पोष्ट गर्दै यसले सडक, खेत र बस्तीमा असर पुर्याइरहेको बताउनुभयो । पानी लिक भइरहेको गुनासो पछि उक्त क्षेत्रमा प्रहरी टोली समेत पुगेको थियो । पाइप लिक भएको नभइ पाइपलाइनको सफाइ ढक्कन खोलिएकोले पानी लिक भएको देखिएको निर्माण कम्पनीले प्रतिक्रिया दिएको छ । अहिले पानी बन्द भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

साउनमा वर्षाले जमिन गलेको छ, यस्तो अवस्थामा लिक भइरहेको पानी नरोकिए सुरक्षामा खतरा निम्तिने जोखिम रहेको स्थानीयको भनाइ छ। धेरै पानी लिक हुँदा नजिकको बस्ती, सडक, बाटो र जमिनमा क्षति पुर्याउने भएकोले जोखिम नहुने गरि निर्माण गरिएका संरचनाको व्यवस्थापन तथा मर्मतसम्भार गरिनुपर्ने र दिगो, बलियो र भरपर्दो हुने गरी निर्माण तथा जडान कार्य गरिनुपर्ने स्थानीयको माग छ । सफाइकै लागि ढक्कन खोलिएको भएपनि उपयुक्त समयमा सफाइ गरिनुपर्ने स्थानीयको सुझाव छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?