दार्चुलाको व्याँस-२ राप्लामा पहिरो: दुई परिवार विस्थापित

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर राप्लामा पहिरोले दुई घरमा क्षती भएको छ। आइतबार राती बर्षासंगै खसेको पहिरोले वडा नम्बर २ राप्लाको गोतपानीका कालु राम कामी र मानमती कामीको घर उच्च जोखिममा परेको व्याँस गाँउपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले बताउनुभयो ।

घर मुनीबाट पहिरो खसेपछि उक्त टोलमा रहेका दुई घर अतिउच्च जोखिममा परेको उहाँले बताउनुभयो । पहिरो खसेपछि घरका भित्ताहरु चर्किएको उपाध्यक्ष कुँवरले बताउनुभयो ।

पहिरोले विस्तापित परिवारलाई अहिले सोही वडामा रहेको मिलन केन्द्रमा स्थानान्तरण गरिएको छ। व्याँसका जनप्रतिनिधि स्थानीय र सुरक्षा निकायको सहयोगमा विस्तापित परिवारको उद्दार गरि सुरक्षीत स्थानमा सारिएको उपाध्यक्ष कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?