कक्षा १० मा अध्ययनरत सन्दिपको मृत्युपछि परिवार शोकमा, महेन्द्र माविद्वारा समवेदना व्यक्त

दार्चुला । दार्चुला सदरमुकाम खंलगामा १५ वर्षीय एक बालकको ज्यान गएपछि परिवार शोकमा डुबेको छ ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ शेरा घर भइ हाल दार्चुला सदरमुकाम खंलगाको भू तथा जलाधार कार्यालयमा कार्यरत नायब सुब्बा सागर जोशी र शिक्षिका पार्वती बडू जोशीका जेठा छोरा सन्दिप जोशी शनिवार राति आफ्नै सुत्ने कोठामा मृत फेला परेपछि परिवार शोकमा डुबेको हो ।

आमाबाबुसंगै जिल्ला सदरमुकाम खंलगामा रहेको कर्मचारी निवासमा बस्दै आएका सन्दिप जोशी महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो । विद्यार्थी जोशीको १५ वर्षको कलिलो उमेरमै असामयिक मृत्यु पछि विद्यालयले समवेदना सहित दु:ख व्यक्त गरेको छ । प्रहरीका अनुसार सन्दिप कोठामै झुन्डिएको अवस्थामा फेला परेका थिए । सन्दिपका बुबा सागर जोशी जिल्ला बाहिर रहेको बताइएको छ । सन्दिपको मृत्युको खबर पाएपछि परिवार र आफन्तजन खलंगा पुगेका छन् ।

सागर र पार्वती दम्पतीका दुई छोरा रहेकोमा कान्छा छोरा परिवारसंगै रहेका छन् । जेठा छोराको मृत्यु भएपछि परिवार शोकाकुल बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?