दार्चुला । दार्चुलामा जीप दुर्घटना भएको छ। विहिबार विहान ८ बजेतिर जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
होपरीबाट होपरीगाड तर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको जीप दुर्घटना भएको उहाँले बताउनुभयो ।
दुर्घटनामा परि नौगाड गाउँपालिका वडा नम्बर ४ का ३४ बर्षीय उमेश ठगुन्ना, सोही ठाउँका ४० बर्षीया रम्भा महता, ३० बर्षीय मोहन सिंह ठगुन्ना, २५ बर्षीया पार्वती टमटा (गर्भवती रहेको), १२ बर्षीय राम महता, १२ बर्षीय श्याम महता, १४ बर्षीया कान्छि महता, ७२ बर्षीय गम्वा महता, मार्मा गाउँपालिका वडा नम्बर ५ की १७ बर्षीया अप्सरा महता र अपिहिमाल गाउँपालिका वडा नम्बर ४ की १९ बर्षीया लक्ष्मी कार्की घाइते भएका छन् ।
घाइतेहरु मध्ये २५ बर्षीया पार्वती टमटा, २६ बर्षीय मोहन ठगुन्ना, १८ बर्षीया अप्सरा महता र ३५ बर्षीय उमेश ठगुन्ना गम्भिर घाईते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
।
घाइते मध्ये अन्य ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते ४ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरीक्षक रावतले बताउनुभयो । जीप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया