भनिन्छ कि “कर्म गर फलको आशा नगर“ भागवत गीतामा भनिएको यो सारंशले सामान्य जीबनमा त अर्थ राख्छ भने खेल जीबनमा त झनै अर्थपूर्ण रहन्छ । खेलाडीहरुले शारीरिक अभ्यासलाई मात्र निरन्तरता दिनु पर्छ र प्रशिक्षक बन्न खेलाडी जीवन सक्नु पर्ने गलत धारणा धेरैमा रहेको छ ।
यो गलत धारणालाई चिर्दै खेल जगतमा र बिशेष गरी तेक्वान्दोको पुम्से विधामा आफ्नो छुट्टै पहिचान राख्न सफल हुने खेलाडि एवं प्रशिक्षक हुन लक्ष्मण वहादुर ऐर । २०३५ साल बैशाख २६ गते पुर्चौडी नगरपालिकाको ऐरीगाउँ, बैतडीमा जन्मिएका ऐरलाई नजिकबाट नियाल्ने हो भने उनको जीवन जति रोमाञ्चक छ, उपलब्धी पनि त्यती नै लोभलाग्दो छ। उहाँले राजनिति शास्त्रमा स्नाकोत्तर तह सम्मको अध्ययन गरेका छन। २०५२ सालदेखि कराते खेल्दै गरेका ऐर २०५३ सालमा उच्च शिक्षा लिनका लागि धनगढी पुगे सँगै कुराकानीका शिलशिलामा कुनै व्यक्तिले तेक्वान्दोमा बढि अवसर रहेको भने सँगै तेक्वान्दो सिकाई तिर लागे, उहाँले भन्नुभयो ।
हाल नेपाल प्रहरीको तेक्वान्दो प्रमुख रहेका ऐर २०६० सालमा प्रहरी सहायक निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए। ऐर हाल प्रहरी नायव निरीक्षक दर्जामा खेलाडी तथा तेक्वान्दो टोलीको प्रमुखका साथै नेपाल प्रहरी खेलकुद समितिको कार्यालयमा प्रशासनिक कामकाज पनि गर्छन ।
लोकदर्पण टिभीसगँ सँग कुरा गर्दै उहाँले भन्नुभयो, “सुरुवाति दिनहरुदेखि आजसम्मको मितिमा मैले परिवारबाट निरन्तर साथ पाईरहेकोले यतिको सफलता हाँसिल गरेको हुँ । खेल क्षेत्रमा मात्र नभई उहाँ स्वदेश तथा विदेशमा आफूलाई एक कुशल प्रशासनिक तथा व्यवस्थापकको रुपमा अव्वल बनाउन सफल भएका छन् । विभिन्न तीन वटा संयुक्त राष्ट्र संघका मिसनहरुमा समेत विभिन्न देशहरुमा खटिदा उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत हुन सफल ऐरलाई उक्त ठाउँसम्मको यात्राका लागि कसैको आड भरोसा नभई व्यक्तिगत परिश्रमको फल भएको उहाँको भनाई छ ।

संसारभरी खेलकुद गतिविधिहरु ठप्न नै रहेको अवस्थामा जर्मनीमा खेल क्षेत्रको इतिहासमा ४–१० मे २०२० मा ७२ वटा देशहरुको सहभागितामा १२०० भन्दा वढी सहभागिता भएको “1st Online Daedo Open European Poomsae Championship” भएको थियो । उक्त प्रथम ऐतिहासिक प्रतियोगितामा नेपालको तर्फबाट नेपाल प्रहरीका ५ जना खेलाडीहरुले सहभागिता जनाउन सफल भएका थिए । जसको सम्पूर्ण व्यवस्थापन तथा प्रशिक्षकको भूमिका नेपाल प्रहरीकै प्रहरी नायव निरीक्षक लक्ष्मण वहादुर ऐरले नेपाल तेक्वान्दो सँघको समन्वयमा गर्नुभएको थियो । उहाँ स्वयं ४०–५० वर्ष उमेर समुहमा खेल्दै गरेका खेलाडी समेत हुन । लकडाउन अवधिभर हालसम्म निम्न अनलाईन खेल प्रतियोगिताहरुमा सहभागिता जनाएको प्रशिक्षक एवं खेलाडी ऐरले जानकारी दिनुभयो ।
- 2020 May 4-10 Germany (“1st Online Daedo Open European Poomsae Championship”) (72 Countries more than 1200 participants) 2. 2020 May, 10-15 France (“2020 Online World Poomsae Championship”) 3. 2020 June 4-7 Portland, USA (“COVID-19 Virtual International Taekwondo Championship”) 4. 2020, July 12-14 Australia (“1st OCEANIA Open Online Poomsae & Para Poomsae Championship”) 5. 21-27 June 2020 Portland, USA (“IOFTC Lockdown Covid-19 Poomsae Online Video Championships 2020”) 6. 14-15 August 2020 Portland, USA (“IOFTC Online Poomsae Seminar 2020”) 7. 1st Kathmandu Virtual Taekwondo National Open Poomsae Championshop on 29-30 August , 2020 Nepal 8. 2020 World Virtual Taekwondo Festival, Portland USA (10-11, June 2020) 9. 1st Global Taekwondo Speed Kicking Championships, Philippine (23-25, October 2020)
- प्रतियोगिता हुन बाँकि रहेको १० जना नेपाल प्रहरीका खेलाडीहरुको किकिङ गरेको भिडियो आयोजकलाई सवमिट गरि सकेको । नतिजा अक्टोवर २५ पछि जानकारी हुने । मिति २०७७।०६।१० गते राति सम्पन्न भएको “2020 World Virtual Taekwondo Festival, Portland USA (10-11, June 2020)”
खेलमा १३ औं दक्षिण एसियाली खेल प्रतियोगिताका पदकधारी खेलाडीहरु समेत ७ जना नेपाल प्रहरीका पुम्से विधाका खेलाडीहरुले सहभागिता जनाई निम्न नतिजा हाँसिल गर्न सफल भएका छन ।
१. प्र.ना.नि लक्ष्मण वहादुर ऐर – रजत (५० बर्षमूनी)
२. प्र.ज. कमल श्रेष्ठ – रजत (३० बर्षमूनी)
३. प्र.ज. प्रेम बहादुर लिम्वु – रजत (३० बर्षमूनी)
४. प्र.ज. सुरेन्द्र वहादुर महरा – कास्य (३० बर्षमूनी)
५. प्र.ज. जित बहादुर वोट – कास्य (३० बर्षमूनी)
६. प्र.ज. सिता तामाङ – कास्य (३० बर्षमूनी)
७. प्र.का.स. पार्वती गुरुङ – कास्य (३० बर्षमूनी)
पछिल्लो समय नेपाल लगायत थुप्रै देशहरुले अनलाईन प्रतियोगिताहरु संचालन गर्दै आएका छन । जसमा नेपाली प्रशिक्षक एवं खेलाडीहरुले सहभागिता जनाउदै आई रहेको पनि उहाँले बताउनुभयो ।
यति धेरै प्रतियोगिताहरुमा नेपाल प्रहरीका खेलाडीहरुले कसरी सहभागिता जनाउन सफल भए भन्ने प्रशंगमा तेक्वान्दो प्रशिक्षक एवं खेलाडी ऐर भन्नु हुन्छ, जहाँ इच्छा त्यहा उपाय हुन्छ । व्यक्तिगत दृढ संकल्प, नियमित अभ्यास र उच्च मनोबल नै मुख्य कुरा हो । माथि उल्लेखित प्रतियोगिताहरुमा सहभागिता जनाउन सफल हुनुको श्रेय उहाँ सर्वप्रथम त आफ्नो मातृ संगठन नेपाल प्रहरीलाई दिनुहुन्छ । नेपाल प्रहरी संगठनको सदस्य भएर खेल मार्फत स्वदेश तथा विदेशमा चिनाउन सफल भएकोमा गर्वको महशुस गर्नुहुन्छ । यसका साथै विभिन्न अनलाईन खेलहरुमा सहभागिताका लागि नेपाल तेक्वान्दो संघ, संघका पदाधिकारीज्यूहरु, कोरियाली तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दल, स्वदेश बिदेशमा रहनु भएका तेक्वान्दोका वरिष्ठ गुरुहरु र नेपाल पुलिस क्लव तेक्वान्दो टिमलाई दिनुभएको छ ।

यीनै खेल प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुको सहभागिताका लागि व्यक्तिगत रुपमा अहोरात्र खटीई नेपालमा तेक्वान्दो विकासका लागि थप योगदानको साथै सवै खेलकुद गतिविधिहरु ठप्प रहेको अवस्थामा खेल क्षेत्रलाई नै उजागर गर्न सफल प्रशिक्षक एवं खेलाडी लक्ष्मण बहादुर ऐरको कदर स्वरुप Universal United Nepalese Taekwondo Federation ले प्रशंसा पत्र प्रदान गरेको थियो भने नेपाल प्रहरीले सहभागी खेलाडीहरुलाई समय समयमा सम्मान गर्नु साथै प्रशिक्षक एवं खेलाडी लक्ष्मण वहादुर ऐरले खेलमा गरेको योगदानको कदर गर्दै उत्कृष्ट प्रहरी अधिकृतको रुपमा नगद पुरस्कृत समेत गरी सकेको छ ।
प्रशिक्षक एवं खेलाडी ऐरले तेक्वान्दो खेलको विकासका लागि विषम परिस्थितिमा गरेको योगदानका साथै प्रथम पटक आफ्नै लगाव र मेहनतले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई विभिन्न पदकहरु हात पार्न सफल भई हालसम्म पनि निरन्तरता दिदै आएको कुरालाई मनन गर्दै नेपाल तेक्वान्दो संघले समेत कदर एवं सम्मान गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस : भर्चुअल अन्तर्राष्ट्रिय पुम्सेमा बैतडीका लक्ष्मणलाई स्वर्ण






