एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित

दार्चुला । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित हुनुभएको छ ।

प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीमामा जानुभएको हो । साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले महर पक्राउ परेको पुष्टि गर्नुभयो ।

पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताउनुभयो ।

पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुग्नुभएको थियो । प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित हुनुभएको हो।

मुद्दा चल्ने, नचल्नेबारे अदालतको आदेश पर्खिरहेको साईबर ब्युरोका प्रवक्ता अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?