भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा

दार्चुला । विभिन्न जिल्लाबाट काठमाण्डौ आएर प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । आज माइतीघरमा पत्रकार सम्मेलन गरेर उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।

१३ वटा जिल्लाका उखु किसानहरू काठमाण्डौको माइतीघर मण्डलामा सात दिनदेखि धर्ना एवम् विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको कारण सरकारलाई झकझकाउन राष्ट्रिय राजमार्ग बन्दको घोषणा गर्नुपर्ने अवस्थामा पुग्नुपरेको आन्दोलनका संयोजक श्यामबाबु रायले बताउनुभयो । उहाँका अनुसार सबै जिल्लाका उखु किसानहरू सर्लाहीको हरिवनमा जम्मा भएर भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने तयारी भएको छ ।

महासङ्घले निकालेको विज्ञप्तिमा आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने उल्लेख छ । महासङ्घले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर–खेतमा फर्किने वातावरण बनाउन माग गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?