दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा र काठमाडौंसहित देशका विभिन्न गाउँ शहरमा भव्यताका साथ गौरा पर्व मनाइएको छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ भएको सुदूरपश्चिमेलीहरूको महान तथा मौलिक पर्व गौराको मुख्य दिन आइतबार (हिजो) अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँएको छ । दार्चुला, बैतडी, डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गौराको पूजाआजा गरेर भव्यताका साथ मनाइएको छ ।
दार्चुलाको मालिकार्जुनमा सभ्य र भव्य ढंगले गौरा सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जिल्लाका अन्य विभिन्न स्थानमा पनि गौरा मनाईएको छ ।
सुदूरपहाड पुख्र्यौँली घर भई कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्।
गौरा विधिवत् ढंगले सम्पन्न भएपनि आजदेखि गौराकै अवसरमा विभिन्न मन्दिर तथा शक्तिपिठमा खेणी, धोणी, लमधोणी मनाउने चलन छ । विभिन्न स्थानमा दिउँसो मेला जात्रा लाग्ने र दामाहा र डेउडा, ढुस्कु, धुमारीसंगै रमाउने चलन रहेको छ ।





प्रतिक्रिया