दार्चुला । सुदूरपश्चिमेली नेपाली समाज जम्मू एवम् कश्मीर समितिले आयोजना गरेको गौरा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
अगष्ट ३१ तारिक (भदौ १५ गते) अठवालीका दिन समितिले गौरा तथा तिज विशेष कार्यक्रम आयोजना आयोजना गरेको सुदूरपश्चिमेली नेपाली समाज जम्मू कश्मीर समिति अध्यक्ष भुपालदत्त भट्टले बताउनुभयो ।
चर्चित नेपाली कलाकार उमाशंकर जोशी र लक्ष्मी नेपालीको साङगेतिक प्रस्तुतीसहित अगष्ट ३१ तारिकका दिन गौरा तथा तिज विशेष कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिमको मौलिक तथा महान पर्व गौराको मुख्य दिन नेपाली कलाकार समेतको उपस्थितिमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय समिति कोषाध्यक्ष बाशुदेब जोशीले बताउनुभयो ।
विदेशी भूमिमा भएपनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न र गाउँघर तथा चाडपर्वको न्यास्रो मेटाउन समितिले चाँडपर्वको समयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भुपाल दत्त भट्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय समिति कोषाध्यक्ष बाशुदेब जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा केशव दत्त भट्ट, जनक राज जोशी, महिला संयोजक लक्ष्मी देवी रोकाया लागयतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषण राजेन्द्र ऐरीले गर्नुभएको थियो ।





प्रतिक्रिया