दार्चुला । दार्चुलाको मार्मा वडा नम्बर २ मटेला अवस्थित मष्टा मन्दिरमा श्रीमद् भागवत नवाह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । असोज २१ गतेदेखि असोज २९ गतेसम्म महायज्ञ सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
श्री मष्टा न्वादेउ पहरौल केदरे संरक्षण तथा साँझा विकास समितिको आयोजनामा सञ्चालन हुने यस महायज्ञमा पञ्चधातु निर्मित १ सय ८८ किलो तौलको गाई–बाछ्छो (मुर्ति)चढाउने विशेष अनुष्ठान गरिने समितिले जनाइको । साथै श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञ वाचन, पूजा–पाठ, भजन–कीर्तन, देउडा खेलसहित विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
आयोजक समितिले सम्पूर्ण भक्तजन महानुभावहरूलाई यस पवित्र अवसरमा सहभागी भई धर्म, संस्कृति र परम्पराको संरक्षणमा हातेमालो गर्न आह्वान गरेको छ । समितिले भेटि र चढावो अर्पण गर्न बाँकी रहेका भक्तजनहरूले महायज्ञकै अवसरमा भेटि चढाई पुण्य प्राप्त गर्न सक्ने जानकारी पनि गराएको छ ।
त्यस्तै वडा नम्बर ३ मा रहेको श्री लटबौ लटिनाथ देवता को मन्दिर मा पनि ५१ किलोको घाँट चढाइने र पुजा पाठ गरिने समितिले जनाएको छ ।





प्रतिक्रिया