अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन नहुँदा पञ्चवर्षीय कार्ययोजना स्वीकृत गर्न समस्या

दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन ।

कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले बताउनुभयो । यहाँका स्थानीय तहहरू व्यास, अपि हिमाल, मार्मा, नौगाड गाउँपालिकाका पाँच वटा वडाहरू, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका १, २ र ३ वडालाई समेटेर विसं २०६७ सालमा अपि नाम्पा संरक्षण क्षेत्र स्थापना गरिएको थियो । स्थापना भएको पाँच वर्षपछि अपि नाम्पामा २०७२ सालमा परिषद् गठन गरिएको थियो । तत्कालीन परिषद्ले निर्माण गरेको पञ्चवर्षीय कार्य योजनाको म्याद २०७७ साउनमा सकिएको हो ।

परिषद्को निर्णयसहित, एकीकृत वार्षिक कार्यक्रमलगायतका कार्ययोजना समितिले राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागमा पेस गरेपछि विभागले पञ्चवर्षीय कार्ययोजना स्वीकृत गर्ने तथा कार्यालयले कार्ययोजना अनुरूप कार्यसम्पादन गर्नुपर्ने कानुनी प्रावधान रहेको वार्डेन झाले जानकारी दिनुभयो । पञ्चवर्षीय कार्ययोजना स्वीकृत नहुँदा संरक्षण क्षेत्रभित्र रहेका संरक्षण सामुदायिक वनमा उत्पादन भइरहेका जडीबुटीको उपभोग, सङ्कलन तथा वन पैदावार त्यत्तिकै खेर गइरहेको उहाँले बताउनुभयो । अपि नाम्पा संरक्षण क्षेत्रमा परिषद् पुनर्गठनको प्रव्रिmया थालिए पनि निकै सुस्त भएको यहाँका स्थानीयले बताएका छन् । गत चैत पहिलो सातादेखि सुरु गरिएको संरक्षण क्षेत्रभित्रका टोल समूह गठनकै काम सकिएको छैन ।

विभागबाट बेला बेला परिषद् पुनर्गठन गरेर सक्न मौखिक आदेश हुने गरेको भए पनि यहाँ समिति गठनले खासै गति लिन नसकेको उपभोक्ताले बताएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?