दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले मंगलबार (आज) शोक विदा दिएको छ । सोमबार जेन जी प्रर्दशनको क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका युवाहरुको शोकमा नगरपालिका भित्र शोक विदा दिइएको नगरपालिकाले जनाएको छ ।
भाद्र २३ गते देशका विभिन्न ठाउँमा भएको जेन जी आन्दोलनको क्रममा कम्तीमा १९ जना युवा तथा विद्यार्थीहरुले ज्यान गुमाएको अत्यन्त दुखद अवस्थामा दिवगत युवा विद्यार्थीको शोकमा भाद्र २४ गते शोक विदा दिने निर्णय गरेको नगर प्रमुख नर सिंह चैसिरदारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।





प्रतिक्रिया