जेन-जी प्रदर्शनमा घाइते गौरवको अस्पतालमा मृत्यु, युके जान हिडेको एक्लो छोरो गुमेपछि परिवार मूर्छा

दार्चुला । राजधानी काठमाडौंमा भदौ २३ गतेको जेनरेसन जेड (जेनजी) आन्दोलनका क्रममा बैतडी घर भइ धनगढी बस्ने २२ वर्षका युवा गौरव जोशीले ज्यान गुमाएका छन्। २३ गते बानेश्वर क्षेत्रमा गम्भीर घाइते भएका जोशीको उपचारको क्रममा २४ गते विहान शिक्षण अस्पतालमा मृत्युु भएको हो।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ भादडा घर भई हाल धनगढीको तारानगर बस्दै आएका जोशी परिवार विक्षिप्त भएका छन्। घरको एक्लो छोराको मृत्यु भएको खबर पाएपछि गौरवका बुबा बाशुदेव बेहोस हुनुभएको छ। आमाको दैनिकी रोएर वितेको छ। ऐश्वर्य बहुमुखी क्याम्पसबाट आईएस्सी (I.Sc) अध्ययन गरेका गौरव युके जाने तयारीका लागि काठमाडौं आएका थिए। काठमाडौं आफन्तको घरमा बस्दै आएका गौरव विहान कोठाबाट निस्केका थिए, बेलुकी घर नफर्केपछि खोजी गर्दै जादा आन्दोलनमा घाइते भएको खबर पाइयो। उपचारकै क्रममा २४ गते विहान अस्पतालमा मृत्यु भएको मृतक जोशीका आफन्त दिपक जोशीले बताउनुभयो।

गौरवको परिवारमा बुढा आमाबाबु र दिदी मात्रै छन्। परिवारको एक्लो छोरा रहेका गौरवको मृत्युले घर आँगन नै सुनसान बनेको छ। बुबाआमा छोराको निधनको खबर सुनेलगत्तै मूर्छा पर्नुभएको छ। गाउँघरका छिमेकी र आफन्तजनले “गौरव जस्तो उज्वल भविष्य बोकेको युवकलाई यस्तो अमूल्य उमेरमै गुमाउनु पर्‍यो” भन्दै शोक प्रकट गरिरहेका छन्।

स्थानीयहरूका अनुसार गौरव पढाइमा मेधावी मात्र नभई मिलनसार र अनुशासित स्वभावका कारण सबैको प्रिय थिए। उनको अल्पायुमै भएको असामयिक मृत्युले सम्पूर्ण शुभचिन्तक शोकमग्न भएका छन् । परिवार र आफन्तजनले न्यायको लागि माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?