जेन-जी प्रर्दशनका क्रममा घाइते भएका बैतडीका दिपक साउँदको मृत्यु

दार्चुला । जेनजी प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका बैतडीका एक किशोरको उपचारका क्रममा निधन भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर २ मडका १८ बर्षीय दिपकसिंह साउँदको उपचारका क्रममा शुक्रबार राति ८ बजे निधन भएको हो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा साउँदलाई गोली लागेको थियो । उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

यसैबीच शिवनाथ गाउँपालिकाले भोलि (आइतबार) पालिकाभरी शोक बिदा दिएको छ । गाउँपालिकाको वडा नम्बर २ मड घर भएका दिपक सिंह साउँदको जेनजी प्रर्दशनको क्रममा घाइते भइ उपचारका क्रममा मृत्यु भएको खबर निकै दुखित तुल्याएको गाउँपालिकाले प्रकाशन गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

साउँदको निधन भएको शोकमा आइतबार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको गाउँपालिकाले जनाएको छ ।

मृतक साउँदलाई राष्ट्रिय शहीद घोषणा गरि पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन गाउँपालिकाले नेपाल सरकारसँग माग समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?