दार्चुला । जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
यही असोज ४ गते शनिबारका दिन शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले जानकारी दिनुभयो ।
सीएमसी नेपालको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालनको तयारी गरिएको छ ।
मानसिक स्वास्थ्यका बिरामीहरुलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिन लागेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । शिविरमा मनोरोग बिशेषज्ञ डा।विवेक रेग्मीले सेवा दिने जनाइएको छ ।
शिविरमा डिप्रेशन, एन्जाइटी, निद्रा नलाग्ने, मन आत्तिने लगायतका मानसिक रोगहरुको चेकजाँच तथा उपचार हुने भएकाले शिविरमा आएर सेवा लिनका लागि आग्रह गरिएको छ ।
शिविरमा बिरामीको चेकजाँच निशुल्क गरिनुका साथै नेपाल सरकारबाट प्रदान हुने औषधिहरु निशुल्क उपलब्ध गराइने अस्पतालका प्रमुख डा. विकले जानकारी दिनुभयो । मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले मानसिक स्वास्थ्य शिविर हरेक महिना सञ्चालन गर्ने योजना रहेको उनले बताउनुभयो ।





प्रतिक्रिया