शुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गर्नुभएको छ ।

शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ ।

शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिनुभएको छ ।

शाह पूर्वएमालेका हुनुहुन्छ भने नेपाली पुूर्वमाओवादीका हुनुहुन्छ । आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ । यसैबीच मङ्गलबार संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?