दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ र ४ जोड्ने देथला रानिशिखर सडक पहिरोले अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ४ रानिशिखर जोड्ने एकमात्रै पहुचमार्गका रुपमा रहेको देथला रानिशिखर सडक गत भाद्र ३० गते पहिरो खसेपछि पुर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रानिशिखर पुगेका सवारी साधन उतै रोकिएको यातायात व्यवसायी भोज राज भट्टले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर २ मनभङ्ङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । आंशिक रुपमा अवरुद्ध भएको ठाउँमा यातायात व्यवसायी र स्थानीयहरु आफैले सडकमा खसेको ढुङ्गामाटो हटाइरहेको उहाँले बताउनुभयो । ‘सकिने जती ठाउँहरुमा हामी गाडी स्टाप र स्थानीयहरु मिलेर बाटो बनायौँ, ठुलो पहिरो गएको मनभङ लगायतका केही ठाउँमा अवरुद्ध मान्छे लागेर सडक खुलाउन सकिने अवस्था छैन, सडक खुलाउन वडा र नगरपालिकामा आग्रह गर्दा चाँसो नै देखाएनन्’ उहाँले भन्नुभयो।
वडा अध्यक्ष राम सिंह ठगुन्नाले अवरुद्ध सडक खुलाउन वडा कार्यालय संग बजेट नभएको र नगरपालिका संग आग्रह गरिएको बताउनुभयो । गत विगतका बर्षहरुमा बर्षात सकिए पछि एकै चोटी पन्छ्याउने गरेका हौँ, अहिले पनि त्यसै हुन्छ होला, बर्षातको समयमा पानी पर्ने बित्तिकै पहिरो खसी राख्छ, त्यति पन्छ्याउन सम्भव नभएर बर्षा रोकिएपछि पन्छाउने गरिएको उहाँको भनाई छ । बाटो अबरुद्ध भएर गाडी रानिशिखरमै राकिएको बारेमा भने नगरपालिकामा पहिरो अटाउन आग्रह गरिसकेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया