बैतडीको सलसेनामा फेरि पहिरो, महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली लोकमार्ग फेरि अवरुद्ध भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । सडकमाथिबाट पहिरो खसेपछि सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु र दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि मालिकार्जुनबाट जेसीबी ल्याउने तयारी भइरहेको छ।

यसअघि मंगलबार बिहान उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । मंगलबार ११ घण्टापछि राति ८ बजेमात्रै उक्त सडक सञ्चालनमा आएको थियो । बर्षाका कारण सडकमाथिबाट लगातार पहिरो खसीरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?