दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका, बास, बनरगाउ नजिक घर बताउने एक बालक गोकुलेश्वरमा फेला परेका छन् । अन्दाजी १४/१५ वर्षीय बालक सुवास भण्डारी अलपत्र अवस्थामा फेला परेका हुन्।
आफ्नो नाम सुवास भण्डारी र बुवाको नाम अमर भण्डारी बताउने बालक डिलासैनी-६ गोकुलेश्वरमा अलपत्र अवस्थामा फेला परेको युवा समाजसेवी दिपकराज जोशीले बताउनुभयो । फेला परेका बालक अहिले गोकुलेकै ब्रह्मबजारमा सुरक्षित रहेकाले चिन्नु हुने महानुभाव वा परिवारजनलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ।





प्रतिक्रिया