वडा कार्यालयदेखि सिंहदरबारसम्म एकैदिन खरानी बनाइनु रहस्यमय छ: पूर्वराष्ट्रति भण्डारी

दार्चुला। पूर्वराष्ट्रति विद्या भण्डारीले जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको घटना रहस्यमयी भएको बताउनुभएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भण्डारीले देशभर वडा कार्यालयलेखि सिंहदरबारसम्म एकैचोटी जल्नु सामान्य विषय नभएको बताउनुभयो।

‘जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए। तर त्यो घटना कसरी भए, सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत थुप्रै व्यवसायी र निजी भवन, सबै नेताको घरहरू एकैचोटी खरानी भएको छ। वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ। एकै दिन पूर्वदेखि पश्चिमसम्म जेनजीले कसरी गर्न सके होलारु के यसरी आफ्नो माग पूरा होलारु यो रहस्यमय घटना भएको छ’ उहाँले भन्नुभयो ।

यो घटनाको समीक्षा गरेर शान्ति, स्थिरता ल्याएर देश विकासको बाटोमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?