सुरक्षा निकायले भित्र्याए फुलपाती, नौदेवीको आह्वान गरी मन्दिर र घरमा पुजाआजा

दार्चुला । बडादशैं अन्तरगत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व सोमबार शक्तिपिठ, कार्यालय र घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने चलन रहेको छ ।

दार्चुलामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा विहान फुलपाती भित्र्याएका छन् । तीन वटै सुरक्षा निकायले कार्यालय, गण तथा गुल्मबाट विहान ७ः३० बजेको समयमा निस्केर दार्चुला सदरमुकाम खलंगास्थित रिङनताल, देवीको मन्दिर, भाराणी घर हुँदै मालिकार्जुन मन्दिरमा फुलपाती फित्र्याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपती एसपी देवराज जोशीले बताउनुभयो ।

फूलपाती नौ वटा देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। केरामा ब्रम्हयणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविदहरु बताउछन् ।

फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु भएको नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपातीको दिनदेखि थप बढ्ने गर्दछ । नवरात्रा अवधिभर जिल्लाका अधिकासं शक्तिपीठमा भक्तजनको घुइचो लागेको छ ।

दशैँमा नवरात्रा जारी रहेकोले दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । अरु समय सुनसान हुने सुदुरपहाडका गाउँबस्तीमा दशैँ तिहार निजकिए संगै चहलहल छाएको हो । रोजगारी, पढाइ र अन्य काम विषेशले देश र जिल्ला बाहिर रहेका स्थानीयहरु दशैँ तिहार मनाउन घर फर्किएसंगै गाउँघरमा भिडभाड बढेको छ ।

दशैंको समयमा बसाइसराई गरेर गएकाहरु पनि थातथलोमा फर्कने गरेका छन् । अहिले तराईबाट पहाड आउने सवारी साधनमा दैनिक यात्रुहरुको चाप बढेको छ। दार्चुलाका धेरै नागरिक रोजगारीको लागी देशका विभिन्न सहर र छिमेकी मुलुक भारतमा रहेका छन् । भारतका विभिन्न सहरमा काम गर्ने नेपालीहरु दशैँ तिहार मनाउन र खेतीपातीको काम गर्न यो समय गाउँ फर्किने गरेका छन् ।

भिडभाड हुने बजार खलंगा, गोकुलेश्वर र लटिनाथमा नागरिक सहायता कक्ष र भारतबाट फर्किने नागरिकहरुलाई लक्षिक गरि प्रहरीले भारतसंग जोडिएका सिमानाकामा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

दसैँ, तिहार जस्ता चाडपर्वको बेला समस्यामा परेका यात्रुलाईसमयमै सहयोग गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । नौ दिनसम्म नवरात्रा मनाएर विजयादशमीको दिनदेखी उत्सबका रुपमा जमरा टिकासहित मान्यजनबाट आर्शिर्वाद थाप्दै दशैं मनाउने चलन रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?