आज दिउँसोदेखि मनसुनी प्रणाली थप सक्रिय बन्ने मौसमविद्को अनुमान

दार्चुला । मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर काठमाण्डौ उपत्यका सहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मौसमविद् प्रतिभा मानन्धरले आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमवारदेखि मौसम क्रमिक रुपमा सुधार हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?