दार्चुलाको दुँहु-५ बाट चरेससहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा चरेससहित एक जना पक्राउ परेका छन।

जिल्लाको दुँहु गाउँपालिका वडा नम्बर ५ स्थित झोलुङ्गे पुलबाट सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतले जानकारी दिनुभयो ।

बमको साथबाट प्रहरीले शनिवार ४ सय ८० ग्राम चरेस फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?