जेन-जी आन्दोलनको क्रममा दार्चुला कारागारबाट भागेका थप एक कैदी पक्राउ

दार्चुला। गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा कारागार दार्चुलाबाट भागेका मध्ये थप एक कैदी पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष गरी जम्मा ५२ वर्षको कैद सजाय भुक्तान गरिरहेका गत उमेश सिंह कुँवरलाई जिल्ला प्रहरी कार्यालयको टोलीले असोज २२ गते राती घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

फरार कुँवर घरमा आएर बसेको सूचना पछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले महाकाली नगरपालिका वडा नम्बर १ छापरी स्थित घरबाटै बुधबार राती १० बजेको समयमा २३ वर्षीय कुँवरलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

पक्राउ परेका कुँवरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको छ। आन्दोलनको क्रममा भागेका मध्ये अहिले पनि ७ जना कैदीबन्दीहरु फरार रहेका छन ।

जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते जिल्ला कारागारबाट भागेका ७१ जनामध्ये हालसम्म ६४ जना पक्राउ परेका छन् । भागेकामध्ये ७ जना कैदी अझै फरार रहेको जिल्ला कारागार दार्चुलाका प्रमुख सरिता चन्दले बताउनुभयो।

जिल्ला कारागार दार्चुलाबाट भागेका ६१ जना, कागाराबाट नभागेका छ जना, अन्य कारागारबाट भागेर उपस्थित भएका तीन जना र दुई जना थुनुवा गरि अहिले जिल्ला कारागारमा ७२ जना कैदीबन्दी रहेको उहाँले बताउनुभयो । दार्चुला कारागारबाट भागेका तीन जना कैदी अन्य कारागारको नियन्त्रणमा रहेका छन् । फरार ७ जनाको पनि खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?