दार्चुलाको गोकुले, चौपाता र पस्तीमा नि:शुल्क आँखा शिविर, चिकित्सकको टोली गोकुलेश्वर आइपुग्यो

दार्चुला । दार्चुलाको गोकुलेश्वर, रिठाचौपाता र पस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै छ । विहिबार (भोली) बाट सञ्चालन हुने शिविरको सम्पुर्ण तयारी पुरा भएको र चिकित्सकको टोली जिल्लाको गोकुलेश्वर आइपुगेको आयोजकले जनाएको छ ।

नारायणी आँखा अस्पताल, नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा दार्चुलाको तीन ठाउँमा विहिबार (भोली) बाट निःशुल्क शिविर सञ्चालन हुने आयोजक नारायणी आँखा अस्पतालका फाउन्डर डा. पदम राज विष्टले बताउनुभयो ।

उहाँका अनुसार असोज २३ गते देखि असोज २५ गते सम्म शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा निःशुल्क आँखा शिविर सञ्चालन हुने छ । त्यस्तै असोज २६ र २७ गते लेकम गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा अवस्थित लटिनाथ मावि चौपातामा र असोज २९ र ३० गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुर पस्तीमा शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

शिविरमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया (अप्रेसन) गरिने र निःशुल्क औषधी पनि वितरण गरिने छ । साथै नजिकको पढ्न लेख्न मिल्ने चस्मा १ सय रुपैयाँ उपलब्ध गराइने बताइएको छ। आँखाको समस्या भएका बिरामीलाई नजिकको स्थानमा तोकिएको मितिमा उपस्थित भइ सेवाको मौका लिन सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?