पश्चिमी क्षेत्रबाट बाहिरिसकेको मनसुन अरू क्षेत्रमा पनि क्रमशः कमजोर बन्दै

दार्चुला । पश्चिमी क्षेत्रबाट बाहिरिसकेको मनसुन अरू क्षेत्रमा पनि क्रमशः कमजोर बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायुको प्रभाव कमजोर छ ।

मनसुन बाहिरिसकेको सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भागका धेरै र गण्डकीका पश्चिमी भेगका केही ठाउँमा पश्चिमीको प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?