दार्चुलाको धापस्थित महाकाली नदी किनारमा फेला परेको शवको पहिचान हुन सकेन

दार्चुला । दार्चुलाको धाप स्थित महाकाली नदी किनारमा फेला परेको बेवारिसे शवको सनाखत हुन सकेको छैन । बुधबार महाकाली नगरपालिका वडा नम्बर ७ धाप स्थित महाकाली नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको थियो ।

उक्त शवको अहिले सम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीले जानकारी दिनुभयो । शवको शुक्रबार (आज) जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको उहाँले बताउनुभयो ।

बेवारिसे अवस्थामा बुधबार अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो । उक्त शव अहिले जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले शव फेला परेको विषयमा जानकारी गराएको भए पनि पहिचान हुन नसकेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?