कैलालीमा युवकको विभत्स हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

दार्चुला। कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ ।

घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जानकारी दिनुभयो ।

डीएसपी सिंहका अनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।

सुर्खेतबाट मृतकका आफन्त आउँदैछन् । अहिले शव घटनास्थलबाट उठाइएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?