डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ बालबालिकासहित २१ जना घाइते

दार्चुला । डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?