नेकपा सांसद सानु सिवा पहाडीको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट समानुपातिक प्रतिनिधिसभाका सदस्य सानु शिवा पहाडीको बुधबार विहान निधन भएको छ ।

लामो समयदेखि मृगौला पीडित पहाडीको आज विहान १०ः ३० बजे निधन भएको पार्टीले जनाएको छ ।

ईलाम स्थायी निवासी पहाडीको केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । नेकपा केन्द्रीय सदस्य सुजिता शाक्यका अनुसार उहाँको आज विहान उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

एक वर्षअघि मृगौला प्रत्यारोपण गराउनुभएको सांसद पहाडीको मुटुमा समस्या हुँदा केही समयअघि गंगालाल हृदयकेन्द्रमा पनि भर्ना गरेर उपचार गरिएको केन्द्रीय सदस्य शाक्यले बताउनुभयो । स्वर्गीय पहाडी पार्टीको जनसांस्कृतिक अभियानमा पनि सक्रिय हुनुहुन्थ्यो ।

उहाँ प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको सदस्य पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?