विपिनको खोजीमा गएका आमा र बहिनी निराशा बोकेर फर्किए

दार्चुला । विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किनुभएको छ । इजरायल र हमासबीचको युद्धको समयमा इजरायलबाट हमासले बन्धक बनाएका जोशीलाई खोज्न बहिनी र आमा अमेरिकासम्म पुग्नुभएको थियो ।

उहाँहरु केहीबेरअघि कतार एअरवेजको विमानमार्फत स्वदेश फर्किनुभएको हो । इजरायल र हमासबीचको युद्धका समयदेखि वेपत्ता रहेका जोशीको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै उहाँहरु अमेरिका पुग्नुभएको थियो।

तर यी दुई देशबीच युद्धविराम भएको घोषणापछि विपिनको अवस्था पनि सार्वजनिक भएको थियो । अन्तिम समयसम्म अवस्था अज्ञात रहेपनि हमासले विपिन जीवित नरहेको बताएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?