एमाले बैठकमा गणेश ठगुन्नाले उठाए नौँ वटा महत्त्वपूर्ण मुद्दा, एकताबद्ध भइ राष्ट्रिय अभिभारा पुरा गर्नुपर्ने धारणा

दार्चुला । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले आगामी दिनमा पार्टीले उठाउनुपर्ने मुद्दाहरूबारे सुझाव पेस गर्नुभएको छ। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सिंगो पार्टी पङ्ती एकताबद्ध भइ राष्ट्रिय अभिभारा पूरा गर्न लाग्नुपर्ने धारणा राख्नुभएको हो।

नेता ठगुन्नाले भन्नुभयो, निर्वाचन प्रणालीका सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख कि संसदीय प्रणालीमा हामी क्लियर हुनु पर्दछ । संसदीय प्रणालीमा जाने हो भने प्रत्यक्ष निर्वाचितको प्रतिनिधि सभा र समानुपातिक को राष्ट्रिय सभा बनाउनु पर्दछ। साथै पार्टीमा उम्मेदवारी चयन तत-तत तहको पार्टी सदस्यहरुबाट प्राइमरी इलेक्सन (Primary Election) का आधारमा गरिनु पर्ने उहाँको भनाइ छ। पञ्चायतकाल देखि हाल सम्मका सम्पूर्ण राजनैतिक नेतृत्व, कर्मचारी लगायत न्यायालय, सेना, संवैधानिक निकायका व्यक्तिहरु को सम्पति छानविन गरी अवैध सम्पति राष्ट्रिकरण गरी उत्पादनमा लगाउनु पर्ने ठगुन्नाको भनाइ छ।

संघिय संसद, प्रदेश सभा र स्थानीय तहहरु ५०% सम्म घटाउनु पर्दछ, उहाँले भन्नुभयो, अख्तियार प्रमुख तथा आयुक्तहरु खुल्ला प्रतिस्पर्धा द्वारा विश्वविद्यालय (University) मा स्वर्ण पदक प्राप्त (Gold Madalist) बाट छनौट गरिनु पर्दछ । आर्थिक अवस्था कमजोर भएका सम्पूर्ण नागरिकहरुको जटिल रोग लगायत सम्पूर्ण उपचार नि:शुल्क गरिनु पर्ने नेता ठगुन्नाको धारणा छ।

बार्षिक कम्तिमा ३ खर्ब बजेट थप लगानी गरी पर्यटन मा आधारित, पशुपालन, आर्गनीक कृषि र त्यसमा आधारित ठूला उद्योगहरु सञ्चालित गरी बार्षिक १० लाख यूवाहरुलाई रोजगार दिन सक्नु पर्ने उहाँको भनाइ छ। स्थानीय तह र प्रदेशमा विनियोजन हुने बजेट दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्थाको परिमार्जन गर्नु पर्दछ, उहाँले भन्नुभयो, नेकपा(एमाले) का सम्पूर्ण नेता, जनप्रतिनिधिहरुको सम्पति विवरण पार्टीले अविलम्ब सार्वजनिक गर्नु पर्दछ ।

केन्द्रीय कमिटी बैठकमा पूर्वमन्त्री समेत रहनुभएका नेता ठगुन्नाले बोलेको मन्तव्य हेर्नुहोस्:
“सर्वप्रथम सचिवालयको तर्फबाट श्रद्धेय अध्यक्ष कमरेडबाट प्रस्तुत विशेष प्रस्ताव को म पूर्ण रुपमा समर्थन गर्दछु। हाम्रो पार्टी नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओली को नेतृत्वमा रहेको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी को भू-भाग मा नेपाली स्वामित्व को संघर्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राखेको अडान, विकास निर्माणका आयोजनाहरु द्रुतगतिमा संचालन हुनु र मुलुक आत्मनिर्भरता तर्फ बढिरहेको सन्दर्भमा देशी-विदेशी प्रतिक्रियावादी र पुनरुत्थानवादी शक्तिहरुले ठूलो षडयन्त्र गरी मुलुकलाई संकटपूर्ण अवस्थामा पुर्याएका छन् ।
गत भाद्र २३ र २४ गते Gen-Z यूवाहरुले भ्रष्ट्राचारको अन्त्य, सुशासन र सामाजिक सञ्जालमा लगाएको रोक फिर्ता गर्न गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई हिंसात्मक घटना हुँदा ठूलो मात्रामा जनधनको क्षति भएको छ । म, मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपा (एमाले) लाई मात्र नभई नेपाल राष्ट्रको कै अस्तित्वलाई खतरामा पार्न अद्धत छन् । यस परिस्थितिमा नेकपा(एमाले) का सम्पूर्ण कार्यकर्ताहरु एकताबद्ध भई उत्पन्न परिस्थितिको सामना गर्नु को सट्टा नेतृत्वलाई आरोपित गर्ने कुरा एकदम गलत हो । यसर्थ राष्ट्रियता, सार्वभौमसत्ता, लोकतन्त्र र नेपालको कम्युनिष्ट आन्दोलनलाई रक्षा एवम् सुदृढ गर्नको लागि कमरेड केपी शर्मा ओली को नेतृत्वमा नेकपा (एमाले) एकताबद्ध भई आगामी दिनका राष्ट्रिय अभिभाराहरु पूरा गर्न अगाडी बढ्नु पर्दछ भन्ने मेरो प्रष्ट मान्यता रहेको छ ।
• आगामी दिनमा नेकपा (एमाले) ले तपसिलका मुद्दाहरु अभियानका रुपमा संचालन गर्ने नितिगत निर्णय गरी जनतामा जान सक्यौं भने यूवाहरु लगायत सम्पूर्ण जनसमुदायहरु नेकपा(एमाले) को एजेण्डा (Agenda) बोक्ने छन् भन्ने मेरो मान्यता रहेको छ ।

क) निर्वाचन प्रणालीका सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख कि संसदीय प्रणालीमा हामी क्लियर हुनु पर्दछ । संसदीय प्रणालीमा जाने हो भने प्रत्यक्ष निर्वाचितको प्रतिनिधि सभा र समानुपातिक को राष्ट्रिय सभा बनाउनु पर्दछ ।
ख) पार्टीमा उम्मेदवारी चयन तत-तत तहको पार्टी सदस्यहरुबाट Primary Election का आधारमा गरिनु पर्दछ ।
ग) पञ्चायतकाल देखि हाल सम्मका सम्पूर्ण राजनैतिक नेतृत्व, कर्मचारी लगायत न्यायालय, सेना, संवैधानिक निकायका व्यक्तिहरु को सम्पति छानविन गरी अवैध सम्पति राष्ट्रिकरण गरी उत्पादनमा लगाउनु पर्दछ ।
घ) संघिय संसद, प्रदेश सभा र स्थानीय तहहरु ५०% सम्म घटाउनु पर्दछ ।
ङ) अख्तियार प्रमुख तथा आयुक्तहरु खुल्ला प्रतिस्पर्धा द्वारा University मा Gold Madalist बाट छनौट गरिनु पर्दछ ।
च) आर्थिक अवस्था कमजोर भएका सम्पूर्ण नागरिकहरुको जटिल रोग लगायत सम्पूर्ण उपचार नि:शुल्क गरिनु पर्दछ ।
छ) बार्षिक कम्तिमा ३ खर्ब बजेट थप लगानी गरी पर्यटन मा आधारित, पशुपालन, Organic कृषि र त्यसमा आधारित ठूला उद्योगहरु सञ्चालित गरी बार्षिक १० लाख यूवाहरुलाई रोजगार दिन सक्नु पर्दछ ।
ज) स्थानीय तह र प्रदेशमा विनियोजन हुने बजेट दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्थाको परिमार्जन गर्नु पर्दछ ।
झ) नेकपा(एमाले) का सम्पूर्ण नेता, जनप्रतिनिधिहरुको सम्पति विवरण पार्टीले अविलम्ब सार्वजनिक गर्नु पर्दछ ।
धन्यवाद!”

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?