माेहन वैद्यद्वारा सक्रिय राजनीतिबाट बिदा

दार्चुला । नेपाली कम्युनिस्ट आन्दोलनका सङ्घर्षशील व्यक्तित्व मोहन वैद्य किरणले सक्रिय राजनीतिबाट बिदा लिनुभएको छ । गएको वर्ष मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित वैद्यले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको हो ।

काठमाण्डौमा आज बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सहभागी वैद्यले आफ्नो राजीनामा दिएको घोषणा गर्नुभएको हो । बैठकले उहाँको राजीनामा स्वीकृत गरी वरिष्ठ नेता सीपी गजुरेललाई महासचिवमा नियुक्त गरेको छ ।

७९ वर्षका वैद्य पछिल्लो समय निमोनिया र दमको रोगबाट पीडित हुनुहुन्छ । नेकपा (माओवादी) ले २०५२ सालमा घोषणा गरेको सशस्त्र युद्धका मुख्य योजनाकार रहेका किरण २०६२/६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आउनुभएको हो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा ६ दशक सक्रिय वैद्यले कहिल्यै पनि लाभको पदमा बसेर काम गर्नुभएन । २०६४ सालको पहिलो संविधानसभा चुनावपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य रहेकामा उहाँले ६ महिना नपुग्दै राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?