बक्यौता बुझाउन अटेर गर्ने उद्योगको विद्युत् प्राधिकरणले लाइन काट्न थाल्यो

दार्चुला । नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन बिहान काटेको हो ।

बिजुलीको बक्यौता रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल हो । डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद कायमै रहेका बेला विद्युत् प्राधिकरणले बक्यौता भुक्तानी गर्न पछिल्लो पटक २१ दिनको समयसिमा दिएको थियो ।

यो समयसीमा सकिएसँगै प्राधिकरणले उद्योगहरुको लाइन काट्न शुरु गरेको हो । तर उद्योगीहरुले प्राधिकरणले त्यसको बिल प्रमाण दिन नसकेकाले बक्यौता नबुझाउने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?