लेकम-५ का वडाअध्यक्ष बोहरालाई मातृशोक, आमा पार्वतीको १०३ वर्षको उमेरमा निधन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बल्देब सिंह बोहरालाई मातृशोक परेको छ। वडाअध्यक्ष बोहराका आमा (इजा) पार्वती बोहराको १०३ वर्षको उमेरमा बुधबार (आज) विहान निधन भएको छ।

उहाँको विहान ७:३० बजेको समयमा निधन भएको र विहान १० बजे घरबाट गोकुलेश्वर आर्यघाटसम्म शवयात्रा हुने बताइएको छ। मृतक बोहराका धरमसिंह बोहरा, बहादुर बोहरा, जयभान बोहरा, मानसिंह बोहरा, बल्देब सिंह बोहरा र परमसिंह बोहरा गरी ६ जना छोराहरू रहेका छन् । गाउँकै जेष्ठ नागरिक बोहराको निधन भएपछि आजै अन्तेष्टी गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?